तपाईँ सुन्दै हुनुहुन्छः

नवरात्रीको छैठौं दिन आज कात्यानी देवीको विशेष पूजा गरिँदै

काठमाडाैं । बडा दशैंको आज छैठौ दिन कात्यायनी देवीको पूजा आराधना गरिदैछ । दशैको रमझममा रमाइ रहेकाहरुले आज शक्ति पीठ तथा घरघरमा कात्यायनीको विशेष पूजा गर्दैछन् ।

नवदुर्गाका नौ रुपमध्ये कात्यायनी छैठौं रुप हो । अमरकोषमा पार्वतीको अर्को नाम कात्यायनी भनिएको छ । स्कन्द पुराण अनुसार महादेवको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको विश्वास गरिन्छ । सिंहमा सवार भएर कात्यायनीले महिषासुरको बध गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button