२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बिदाको दिनमा पनि बजार अनुगमन हुने

रेडियो नेपाल २०७६ असोज १६ गते १९:३९

काठमाडौँ । सरकारले दशैँ बिदाका दिनमा पनि बजार अनुगमन गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या परेमा, ठगी भएमा र कानून विपरीतको कार्य भएको पाइएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

दशैंका बेलामा केही समस्या परेमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको ११,१४ नम्बरमा फोन गरेर जानकारी गराउन गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आग्रह गरेको छ ।

दिपावली र छठका अवसरमा प्रयोग हुने पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थका कारण सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पुग्ने र चोटपटक तथा आगलागी समेत हुने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्दै बेचबिखन र प्रयोग गरेको पाइएमा कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित