तपाईँ सुन्दै हुनुहुन्छः

छोटो समयमै मुलुकले राजनितिक फड्को मार्यो : मन्त्री अर्याल

स्याङ्जा – नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले राजनितिले समाजवादलाई डोहार्याएको बताउनुभएको छ ।

नजिकिँदै गरेको नेपालीहरुको महान विजया दशमी तथा दिपावलीको अवसरमा स्याङ्जामा आयोजित कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा राजनितिक लडाँई सकिएको भ्रन्दै अब समृद्धि र समाजवादको बाटो सबैको मान्यता रहेको बताउनुभएको हो । मुलुकमा मात्रै विकास र समृद्धिको खाँचो रहेको भन्दै यसका लागी कुनै आग्रहपुर्वाग्रह नराखी अगाडि बढ्नपर्नेमा मन्त्री अर्यालको जोड छ । साथै मन्त्री अर्यालले भन्नुभयो, “बदलिँदो परिस्थितिमा चेतना र सोँच परिर्वतन गरौँ ।”

तत्कालीन विकास भन्दा पनि दीर्घकालिन विकासमा लाग्नुपर्ने भन्दै मन्त्ती अर्यालले भन्नुभयो, “अवको विकास ५०÷१०० वर्ष पछिका समेत लागी हुनुपर्छ । ” मन्त्री अर्यालले यस्ता हाम्रा विभिन्न पर्व र सांस्कृतिक तथा धार्मिक परम्पराहरुलाई समृद्धिका लागी मनाउँनुपर्ने मन्त्री अर्यालको भनाई छ । साथै उहाँले विकासका लागी जनताको संलग्नता हुनुपर्ने भन्नुभयो, “जवसम्म जनस्तरबाट विकासका लागी भावनाको विकास हुँदैन् तवसम्म जति सरकार परिर्वतन भएपनि जति जनप्रतिनिधि परिर्वतन भए पनि विकास जहाँको त्यँही हुन्छ ।”

आँफूभित्रको ‘म’ लाई परिर्वतन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले यसको सुरुवात स्याङ्जाबाट शुरु गर्नुपर्ने बताउनुभयो । जनता आफ्नो दायित्वबाट टाढा भए देश अगाडि बढ्न नसक्ने भन्दै उहाँले भन्नुभयो, “जनता उन्मुक्ति भए भने सरकारले केहि गर्न सक्दैन् जनता र सरकारको सम्बन्ध नङ र मासूको जस्तै हो । तसर्थ जनस्तरमा क्रियाशिलता हुनुपर्छ ।”

अवको बहस विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै मन्त्री अर्यालले भन्नुभयो, “विकासमा को प्रतिपक्ष को सत्तापक्ष एकाअपसमा हिलो छ्यापाछ्याप बन्द गरौँ समृद्ध नेपालको संकल्प पुरा गर्न केन्द्रित हौँ ।” आँधीखोला हाईड्याम्पको डिपिआर भईरहेको भन्दै उहाँले भन्नुभयो, “सिद्धार्थ राजमार्ग फराकिलो पार्ने स्याङ्जाको दुई जिल्ला जोड्ने सकड पिच गर्ने यहाँका मुख्य सडकलाई पक्की बनाउने काम हुन्छ ।” आफ्नो कार्यकालमा नमुना कार्य गर्ने प्रयास गरेको भन्दै मन्त्री अर्यालले समृद्ध र विकसिल स्याङ्जाका लागी प्रतिवद्ध रहेको बताउनुभयो । साथै यस्ता कार्यक्रमले राजनितिक पार्टीलाई हार्दिकता प्रदान गर्ने मन्त्री अर्यालको भनाई ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button