तपाईँ सुन्दै हुनुहुन्छः

दशैँको मुखमा बढ्यो सुनको मुल्य

काठमाडौं । आज सुनको मुल्य प्रतितोला रु .११०० ले बढेको छ । बिहीवार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आन तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा किनबेच भैरहेको छ । बुधवार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुन चाँदी बजारमा बिहिवार सुन संगै चाँदीको मुल्यमा पनि बृद्धि भएको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । बुधवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button