तपाईँ सुन्दै हुनुहुन्छः

पचासभन्दा बढी शहरमा फोरजी सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।

प्रधामन्त्री ओलीले समृद्धि नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न देश हरेक दिन एक कदम अघि वढेको वताउनुभयो ।

प्रधानमन्त्री ओलीले खुला दिशामुक्त देशको घोषणा, विभिन्न आयोजनालाई अगाडी बढाउने र फोरजी सेवाको सुरुवात जस्ता धेरै महत्वपूर्ण कामहरु सरकारले गरेको वताउनुभयो ।

टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो ।

त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको नेपाल टेलिकमले जनाएको छ ।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य टेलिकमले लिएको छ । सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
फोर जी उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो ।

टेलिकमका अनुसार फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिने र फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button