तपाईँ सुन्दै हुनुहुन्छः

देशले छिट्टै आर्थिक विकास र समृद्धि हासिल गर्ने : मन्त्री बाँस्कोटा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सरकारले स्पष्ट र स्थिर नीतिका साथ काम गरिरहेको हुनाले देशले छिट्टै आर्थिक विकास र समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

गोश्वारा हुलाक कार्यालयको काठमाडौ डिल्लीबजारमा नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मन्त्री बाँस्कोटाले सरकारका नीति र कार्यक्रमको परिणाम अब छिट्टै जनताको दैनिक जीवनमा देखिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले लामो समयको अन्तरालपछि देशले स्थिर सरकार प्राप्त गरेको उल्लेख गर्नुहुँदै यसलाई अवसरको रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले हुलाक सेवालाई प्रभावकारी बनाउन यसलाई प्राधिकरणका रूपमा विकास गरी त्यसको संगठनात्मक संरचनालाई सबै स्थानीय तहका वडा स्तरकसम्म विस्तार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button