तपाईँ सुन्दै हुनुहुन्छः

देशका बिभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

फाइल तस्बिर

काठमाडौँ –  अहिले दिउँसो देशको पश्चिमी भागका केहि स्थानमा र मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी तथा पुर्वी पहाडी भुभागका एक दुइ स्थानमा मेघगर्जन चट्याङको सम्भावना छ । आज राति मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि प्रदेश ५ र गण्डकी आसपास हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै दशैँ सम्म केही स्थानमा क्षणिक मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुन न्यून चापीय रेखा औसत स्थानमा रहनुका साथै भारतको उत्तर प्रदेश आसपास न्यून चापीय प्रणाली रहिरहेको हुँदा वर्षा कायमै रहेको मौसमी विश्लेषण छ ।

बबइ र पश्चिम राप्ती लगायतमा आज र भोलि बहाव हल्का बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button