तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा प्रधानाध्यापक पक्राउ

कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विसनपुरस्थित बालज्योति माविका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा शिवराज नगरपालिका–५ चन्द्रौटास्थित एक होटलबाट उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button