तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्ग खुलाउन जाँदा बिहानीखोलामा डोजर पल्टिँयो,एकको मृत्यु

जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताउनुभयो । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उहाँले भन्न्नुभयो,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button