तपाईँ सुन्दै हुनुहुन्छः

ओमानमा हुने टी–ट्वान्टी सिरिजको प्रत्यक्ष प्रसारण हुने ! नेपालको खेल कहिले ? (तालिका हेर्नुहोस्)

काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण ओमानले आफ्नै वेबसाइटबाट गर्ने भएको छ ।

आयोजक राष्ट्र ओमान क्रिकेटले नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच हुने सिरिजको प्रत्यक्ष प्रशारण हुने जनाएको हो ।

सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button