तपाईँ सुन्दै हुनुहुन्छः

आज जनबादी गणतन्त्र चीनको ७०औं स्थापना दिवस

काठमाडौं ।  जनबादी गणतन्त्र चीनको ७०औं स्थापना दिवस आज चीनले भब्य रुपले मनाउदैं छ ।

चिनिया कम्युनिष्टहरुले सत्ताशिन कुमिनताङ पार्टीलाई गृह युद्दमा पराजित गरे पछी कम्युनिष्ट पार्टीका मओसेतुङले सन् १९४९को अक्टोबर १ म चिनलाई जनबादी गणतन्त्र घोषणा गर्नु भए पछि हरेक बर्ष चिनले अक्टोबर १ तरिकलाई स्थापना दिवसको रूपमा मनाउदैं आएको छ ।

जनबादी गणतन्त्र घोषणा भए यता चीनले तिब्र बिकासका साथै करौडौ चिनियहरुलाई गरीबीबाट मुक्त गरेको छ ।

७०औं स्थापना दिवसको आवसरमा आज राजधानी बेइजिङमा हुने सैन्य परेडलाई चिनिया राष्ट्रपती सि जिङपिङले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button