तपाईँ सुन्दै हुनुहुन्छः

‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न र अनुदान दिएर मात्र नभई नीतिगत परिवर्तन मार्फत गरिबी उन्मूलन गराउन निर्देशन दिनुभयो ।

गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले, बैठकमा कोषलाई थिङ्क ट्याङ्कका रूपमा विकास गर्र्न चालू आर्थिक वर्षका लागि पाँच करोड रुपैयाँको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सञ्चालित १९ अर्ब रुपैयाँको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button