तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल तेश्रो खेलमा जिम्बावेसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरीजमा नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । हरेक टिमले एक अर्का विरुद्ध दुई दुई खेल खेल्ने भएकाले नेपालले जिम्बावे विरुद्ध मंगलबार दोस्रो खेल खेल्न लागेको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेसँग ५ विकेटको हार ब्यहोरेको थियो । जितको नजिक पुगेर पनि हारेको नेपाली टिमले मंगलबार भने त्यसको बदला लिनुका साथै जिम्बावे विरुद्ध टी–२० मा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

जिम्बावेका मुख्य तीन खेलाडी टिममा नरहेका बेला नेपाललाई त्यो अवसर पनि रहेका छ । किनकी जिम्बावेले आफ्नो दोस्रो खेल सिंगापुरसँग हार्नुपरेको थियो ।

नेपाल भन्दा अनुभवी टिम भएपनि पछिल्लो पटक जिम्बावे क्रिकेट खस्कदो अवस्थामा छ । आइसीसीको प्रतिबन्धमा उसको क्रिकेट बोर्ड रहेको छ ।

मंगलबार जिम्बावेलाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना बलियो हुनेछ । यसका लागि नेपालले अन्तिम खेलमा सिंगापुरलाई हराउनु पर्नेछ । नेपालले सिंगापुलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बावेलाई चार विकेटले पाखा लगाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button