तपाईँ सुन्दै हुनुहुन्छः

वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

पाँचथर । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५÷७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।Image result for वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

ट्रक, बस, ट्र्याक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच वटा सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो । तीन सय ८१ ट्रकलाई कारवाही गर्दा रु दुई लाख १२ हजार ५००, ११४ बसलाई कारवाही गर्दा रु ५८ हजार, ९३६ जीप तथा कारलाई कारवाही गर्दा रु पाँच लाख ३५ हजार, ३२२ ट्र्याक्टरलाई कारवाही गर्दा रु एक लाख ९० हजार, एक हजार १९१ मोटरसाईकललाई कारवाही गर्दा रु सात लाख २६ हजार र अन्य विविध ६१ वटा सवारीलाई कारवाही गर्दा रु ३० हजार ५०० राजश्व सङ्कलन भएको हो ।

यस्तै गत आव ०७४÷७५ मा दुई हजार ७९५ सवारीलाई कारवाही गर्दा रु १६ लाख ५० हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बढिजसो सवारी साधानहरुको कागजतहरु (बिलबुक, लाइसेन्स) नभएका तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाही गरिएको कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button