तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिनामा ८२ करोड राजस्व असुली

वीरगन्ज – आन्तरिक राजस्व कार्यालय वीरगन्जले चालु अर्थिक वर्षको साउन र भदौ महिनामा ८२ करोड ३ लाख १४ हजार राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय राजस्व विभागबाट आन्तरिक राजस्व कार्यालय पर्सा वीरगन्जलाई दुई महिनामा १ अर्ब ४१ लाख राजस्व असुली गर्न लक्ष्य दिएकोमा लक्ष्य भन्दा १८ प्रतिशत कम राजस्व असुली भएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकर तर्फ २५ करोड ५३ लाख ९९ हजार, मुल्यअभिवृद्धिकर तर्फ ४० करोड २७ लाख ८३ हजार, आन्तरिक अन्त शुल्क तर्फ १५ करोड ८ लाख ४२ हजार, घर बहाल कर तर्फ ५० लाख ४ हजार, व्याज कर तर्फ ६२ लाख ३१ हजार गरी कुल ८२ करोड ३ लाख १४ हजार राजस्व असुली भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख गोपीकृष्ण कोईरालाले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button