तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान संविधान जनताले निर्माण गरेको : नेम्वाङ

इलाम। पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभएको छ । उहाँले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताउनुभयो ।

आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताउनुभयो । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उहाँको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताउनुभयो ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उहाँले बताउनुभयो । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले कति विकास भएको छ आफँै देख्न सकिन्छ ।” जिल्लका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button