तपाईँ सुन्दै हुनुहुन्छः

दसैंका लागि खाद्य संस्थानले बेच्न थाल्यो खसी, बोका र च्याँग्रा

काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। सोमबारबाट संस्थानले बेच्न सुरु गरेको हो ।

संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालका अनुसार यस वर्ष संस्थानले ३ हजारको संख्यामा भेडा, च्यांग्रा तथा खसी बिक्रीवितरण गर्ने र ज्युँदो भेडा, च्याँग्रा प्रतिकिलोको मूल्य ७ सय ४० रुपैयाँ र खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरिएको हो। संस्थानले १ हजार ९ सय २० वटा भेडा, च्यांग्रा मनाङबाट ल्याइएको हो भने १ हजारभन्दा बढी खसीबोका मकवानपुरबाट काठमाडौं ल्याइएको संस्थानले जनाएको छ।

खाद्य संस्थानले बेच्न लागेका खसी, बोका तथा च्यांग्राहरु किन्दा पशु चिकित्सकले स्वस्थता परिक्षण गरेको र बेच्दा पनि स्वस्थ र मासु खान मिल्नेरनमिल्ने परीक्षण गरेर मात्र बेच्ने खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button