२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीमा ३५ सय दरबन्दी थपियो

रेडियो नेपाल २०७६ असोज १३ गते १०:५५

काठमाडौं। सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ । सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय गरेको छ ।

थपिने दरबन्दीमा प्राविधिकसहित ४ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २ सय ९७ प्रहरी सहायक निरीक्षक, ६ सय ८३ प्रहरी हबल्दार, २ हजार २ सय १६ प्रहरी जवान र २ सय ३९ प्रहरी कार्यालय सहयोगी रहेका छन् ।

प्रशासनतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद ४ पुगेको छ ।

सम्बन्धित