तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बिहारमा बेहाल, गाडी गुड्ने सडकमा डुंगा ! (तस्वीर)

 

पटना । भारतको बिहार राज्य डुबानको चपेटामा परेको छ । केही दिनदेखिको वर्षाले बिहारका विभिन्न भाग डुबानमा परेको हो ।

बिहारको राजधानी पटना डुबानले नराम्ररी प्रभावित भएको छ । भारतीय संचारमाध्यमका अनुसार पटनाको ८० प्रतिशत भाग डुबानमा परेको छ ।

पटनाका अधिकांश सडक डुबानमा परेपछि यातायात अवरुद्ध भएको छ । गाडी गुड्ने सडक जलमग्न भएपछि डुंगा सञ्चालन गरिएको छ । डुबानमा फसेकाहरुको उद्धारमा डुंगा प्रयोग गरिएको हो ।

पटनाका ८० प्रतिशत भवनको तल्लो तला डुबानमा छन् । निजी घर, स्कुल, अस्पताल, पसलहरु डुबानमा परेका छन् । विद्युत सेवा अवरुद्ध भएको छ भने खानेपानीको समेत समस्या भएको अधिकारीहरुले जनाएका छन् ।

पटनामा दुई दिन यता ३०० मिलिमिटर वर्षा भएको छ । अझै दुई दिन वर्षा हुने सम्भावना रहेको त्यहाँको मौसम विज्ञान केन्द्रले जनाएको छ ।

रेल सेवा तथा हवाई सेवासमेत वर्षाले नराम्ररी प्रभावित भएको स्थानीय अधिकारीको भनाइ छ । पटनाकै ठूलो मानिएको नालन्दा मेडिकल कलेज एवं अस्पतालको भुईतल्ला डुबानमा परेको छ । डुबानकै बिरामीहरु उपचारको प्रतीक्षामा बसेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । (एजेन्सी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button