तपाईँ सुन्दै हुनुहुन्छः

आज दशैंको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजाआराधना गरी धुमधामका साथ मनाइँदै

काठमाडौं । नेपाली तथा हिन्दूहरुको महान पर्व बडा दशैंको सोमबार दोस्रो दिन, शक्तिस्वरुपमा भगवती ब्रम्हचारिणीको पूजाआराधना गरि मनाइँदैछ । आइतबारबाट सुरु भएको बडादशैंको दोस्रो दिन ब्रम्हचारिणीको पूजाआराधना गरिन्छ । घटस्थापनाको दिनबाट सुरु हुने दशैंभर नवदूर्गाको ९ वटा स्वरुपको पूजा गरिन्छ । आइतबार पहिलो दिन शैलपुत्रीको पूजाआराधना गरिएको छ भने दोस्रो दिन आज सोमबार दिन ब्रहृमचारिणी पूजा गरि मनाइँदैछ ।

बडादशैंको तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।आइतबारदेखि नै मुलुकभरका शक्तिपीठहरुमा भक्तजन र दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुहेश्वरी, कालीकास्थान, शोभाभगवती, मैतीदेवी, तलेजुभवानी, नक्साल भगवती,  विजेश्वरी, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

यस्तै उपत्यका बाहिर ताप्लेजुङको पाथीभारा,  भोजपुरको सिद्धकाली, धरानको दन्तकाली, सप्तरीको छिन्नमस्ता, र षखडा, मकवानपुरको चुरेमाई, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ ।यस वर्ष विजयादशमीको उत्तम साइत यही असोज २१ मंगलबार १०ः३५ मा उत्तम साइत रहेको नेपाल पचाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button