तपाईँ सुन्दै हुनुहुन्छः

झन् महँगो हुँदै गयो प्याज मूल्य

काठमाण्डौ – दशैं नजिकिदै गर्दा  प्याजको मूल्य बढ्दै गएको छ । आज सोमबार नेपाली बजारमा  सुकेको प्याजको मूल्य किलोको ३० रुपैयाँले बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार समितिका अनुसार आज  प्याज किलोको १ सय ३५ रुपैयाँ खुद्रा मूल्य तोकिएको जनाइएको छ । त्यस्तै हिजो आइतबार  प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य थियो ।

भारतले प्याज निकासीमा रोक लगाएपछी नेपालमा प्याज महँगो भएको कालिमाटी फलफुल तथा तरकारी बजार समितिले जनाइएको छ । प्याजको मूल्य नै महँगो हुदै गएपछी चाडबाडको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने बाध्यता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button