तपाईँ सुन्दै हुनुहुन्छः

कोटखोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला

असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको श व फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ ।

शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए । उनीहरुमध्ये १० वर्षीया प्रवीनाको श व आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार श व आफन्तको जिम्मा लगाइएको छ ।

बगरफाँट स्थायीरुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए । बेपत्तामध्ये अनुश्का परियारको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

खोलाले धार परिवर्तन गरी बस्तीतिर आएको बाढीले बगरफाँटमा स्थायीरुपमा बस्ने दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ भने तीन घरमा आंशिक क्षति गरेको छ । सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ ।

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्नुभएको हो ।

रोका र उहाँको परिवारद्वारा आयोजित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शुरु भएको निःशुल्क दन्त शिविरलाई सम्बोधन.गर्नुहुँदै मोना अष्ट्रेलियाका अध्यक्षसमेत रहनुभएका रोकाले स्वास्थ्य केन्द्रमा विपन्न नागरिक औषधोपचार र स्वास्थ्य सामग्री खरीदका लागि सहयोग गरिएको बताउनुभयो ।
समाजसेवी अध्यक्ष रोकामगर र उहाँको परिवारद्वारा आयोजित शिविर आइतबार सम्पन्न भएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई लक्षित गरी आयोजित निःशुल्क दन्त शिविरमा ७०० बढीले सेवा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button