तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकार पर्यटक भित्र्याउन विशेष अभियानमा : मन्त्री लम्साल

बीरगंज – गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा पर्यावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रदेश सरकार विशेष अभियानमा लागेको बताउनु भएको छ ।

गण्डकी पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत आज बीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले भिजिट नेपाल–२०२० लाई सफल बनाउने उद्देश्यले गण्डकी प्रदेश सरकार जुटेको बताउनुभयो ।

उहाँले आर्थिक राजधानी वीरगंज तथा पर्यटकीय राजधानी पोखरालाई जोड्ने अभियानका लागि आपूm वीरगंजमा आएको बताउदै गण्डकी प्रदेश सरकारले बाह्य पर्यटकभन्दा बढी आन्तरिक पर्यटकलाई जोड दिने नीति प्रदेश सरकारले अगाडी सारेको बताउनुभयो ।

उहाँले प्रदेश नं. २ सरकारले उद्योग र कृषिलाई आफ्नो प्रार्थमिकतामा राखी योजना सञ्चालन गरेकोमा गण्डकी प्रदेशले पर्यटन, उद्योग, कृषि, जलस्रोत, पूर्वाधार र दक्ष जनशक्तिको पक्षमा विभिन्न खाले योजना निर्माण गरेको कुरामा जोड दिनुभयो । उहाँले फरक प्रसंगमा अब आन्दोलन होइन विकासको लागि लड्न प्रदेश नं. २ का जनतालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरगंजका महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले पर्यटन प्रवद्र्धनका लागि अयोध्या–जनकपुर सर्किटजस्तै प्रदेशस्तरीय सर्किट बनाएर काम गरेमा प्रदेश नं. २ र गण्डकी प्रदेशको विकास हुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी युद्धबहादुर गुरुङ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, पत्रकार महासङ्घ पर्साका श्याम बन्जरा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button