तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको परम्परागत चलन :मन्दिरको लिङ्गो फेरेर घरघरमा घटस्थापना

जुम्ला– कर्णाली कै धरोहरका रुपमा रहेको बाबा चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा परम्परा अनुसार नयाँ लिंगो खडा गरी विधिपूर्वक जुम्लामा घर–घरमा घटस्थापना गरिएको छ ।

धार्मिक परम्परा अनुसार चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना गरिएको हो । वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ ।

एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको स्थानीय सस्कृति विद रमानन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार बटुक भैरवनाथको मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ । सयौँ भक्तजनको सहभागिता चन्दननाथ र भैरवनाथ मन्दिरमामा नयाँ लिंंगा प्रतिष्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार दुबै मन्दिरमा थप दुई वटा लिङ्गा ४२ देखि ४५ हातसम्मका हुने गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सयाँै भक्तजनको उत्साहजनक सहभागितामा लिङ्गो ठड्याइएको हो । चन्दननाथ भैरबनाथ मन्दिरमा लिंगा ठडाएपछि मात्र कर्णालीका घरघरमा घटास्थपान सुरु हुन्छ । चन्दननाथ भैरबनाथ मन्दिरको माटो लिएर खेतीयोग्य जमिनमा छर्ने त्यहि माटोमा जमरा राखिन्छ । आईतबार विहान ७ बजेपछि पुरानो लिंगा ढाने र नयाँ लिंगो ठड्याइने काम शुरु भएको थियो ।

यो दिन नव दुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गरिन्छ । आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात नुवागी खाने गर्छन् । कालीमार्सी धानको चामल आजबाट उद्घाटन गरिन्छ । परम्परागत प्रचलन अनुसार धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ ।

विश्वकै अग्लो स्थानमा फल्ने मार्र्सीधानको उत्पादन गरेको भन्दै चन्दननाथ मन्दिरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानिय चित्रलाल श्रेष्ठको भनाइ छ ।

दुई मन्दिरका लिंगामा बाध्ने ध्वजामा घरघरबाट अचेता फुल पाती झुन्डयाएपछि मनले चिताएको कुरा पुरा हुने विश्वास रहेकोछ । जसका कारण बिहानैदेखि सयौँको सख्ंयामा भक्तजनको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button