तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

बीरगंज । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यू भएको छ । माडी नगरपालीका वडा नम्बर १ द्रौपतिनगर निवासी ६० बर्षिया काशिमाया तामाङ्गको शनिवार राति ९ बजे हात्ति आक्रमणमा परी मृत्यू भएको माडी नगरपालीका वडा नम्बर १ का कृष्ण पौडेलले जानकारी दिनुभयो ।

गोठमा बाँधीराखेको गाई फुस्किएपछि त्यसलाई बाँध्न जाँदा चितवन राष्ट्रिय निकुन्जबाट गाउमा प्रबेश गरेको हात्तीले तामाङ्गलाई आक्रमण गरेको थियो । हात्तिको आक्रमणबाट तामाङ्गको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्क बहादुर परियारले जानकारी दिनुभयो ।

महिलालाई आक्रमण गरेपछि हात्ती चितवन राष्ट्रिय निकुन्ज तर्फ लागेको स्थानिय बासिन्दाले बताएका छन् । यसअघि बिगत ८ महिना अगाडी माडी नगरपालीका वाडा नम्बर ९ मा दिउसै खेतमा घाँस काट्न गएका २ महिलाको जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button