तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर स्तरीय जिल्ला लिगको उपाधि डाँफे क्लबलाई

कृष्णउदास खनाल, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरमा सम्पन्न भएको जिल्ला स्तरीय फूटबल लिगको उपाधिम न्यू डाँफे क्लबले उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा हटिया स्पोर्ट एकडेमीलाई टाइब्रेकरमा २ गोलले पराजित गर्दै उसले उपाधि चुमेको हो ।

टाइबेकरमा हटिया एकडेमीले २ गोल गर्दा डाँफेले चार गोल गरेपछि जिल्ला लिगको उपाधि सहित नगद एक लाख हात पारेको आयोजक मकवानपुर फूटबल संघका अध्यक्ष टीकाराबम तामाङले जानकारी दिनुभयो ।

यो सँगै उपबिजेता हटिया एकडेमीले रु. पचास हजार हात पार्न सफल भएको छ । गएको भदौ १७ गतेबाट शुरु भएको जिल्ला लिगमा स्पोर्ट अवाडको हात भने बिक्रम बानियाँले प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button