तपाईँ सुन्दै हुनुहुन्छः

कलैया अस्पतालको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द हुने

बीरगंज – कलैया अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी नहुदाँ आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द हुने भएको छ । सबै तहमा गरी ६० जना चिकित्सक तथा कर्मचारीको स्थायी दरबन्दी भएपनि हाल १७ जना करार र विकास समिति चिकित्सक तथा कर्मचारीको भरमा अस्पताल चल्दै आएको छ ।

आगामी सोमवारदेखि ईमरजेन्सी बाहेक सबै सेवाहरु बन्द गरिने आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रेमचन्द्र चौरसियाले बताउनुभयो ।

संिघय तथा प्रदेश सरकारमा कर्मचारी तथा चिकित्सक समायोजन भएपछि कलैयामा एक जना स्थायी चिकित्सकसमेत नभएको र बिगत तीन महिना अघि मेडिकल सुपरिटेन्डेन्ट समायोजनमा गएपछि आर्थिक कामकाजसमेत प्रभावित हुँदा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट चौरसियाले बताउनुभयो ।

दरबन्दीसहितको चिकित्सक अन्य कर्मचारीहरुका लागि प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, संघीय सरकार र बारा जिल्लाका निर्वाचित संघीय सांसद, प्रदेश सभासदस्य र स्थानीय निकायका प्रमुखहरुलाई समेत पटकपटक लिखित तथा मौखिक जानकारी गराउदासमेत कुनै सुनुवाई नभएपछि आफूहरु सेवा नै ठप्प गर्नु पर्ने बाध्यतामा पुगेको चौरसियाले बताउनुभयो ।

समयमा मेडिकल सुपरिटेन्डन्ट नआउँदा आर्थिक कामकाज गर्न अख्तियारी आफूलाई समेत नभएको र यस्तो अवस्थामा अस्पतालका एक्स–रेदेखि ल्याबसम्मका समान सकिएको, डेंगुका विरामीहरुको परीक्षण गर्न समेत आफूहरुले नसक्ने अवस्थामा पुगेको चौरसियाले बताउनुभयो ।

जिल्ला अस्पताल कलैयामा प्रसुती सेवा, फार्मेसी, ईसिजी, समान्य सल्यक्रिया जस्ता सेवा समेत प्रदान गर्न नसक्दा आफैमा आत्माग्लानी हुने गरेको पत्रकार सम्मेलनमा चिकित्सक राहुल कर्णले बताउनुभयो । ५० शैयाको अस्पताल भएपनि पूर्वधारको अभाव रहेको हुँदा बिरामीहरुलाई प्रभावकारी रुपमा सेवा प्रदान गर्नका लागि ठाउँकोसमेत अभाव भएको अर्का चिकित्सक अञ्जली चौरसियाले जानकारी दिनुभयो ।

अस्पताल बिगत एकबर्ष देखि विकास समितिको अध्यक्ष बिहिन भएको हुँदा समितिबाट कामकाज गर्ने कर्मचारीहरुको म्याद थपगर्ने एवम् तलबभत्ता समयमा उपलब्ध गराउन निकै कठिनाई भई रहेको निमित मेडिकल सुपरिटेन्डेन्ट चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button