तपाईँ सुन्दै हुनुहुन्छः

लिबियामा हवाई सत्र आइएस लडाकू मारिए  

त्रिपोली   अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

अफ्रिकमले शुक्रबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा आक्रमण भएको र मारिएका सवै इस्लामिक स्टेट्स (आइएस) लडाकूहरु रहेका छन् ।

अमेरिकी सहयोग रहेको लिबियाली सरकारको समर्थकमा सो कारबाही भएको र ती लडाकूहरु मारिएका समाचारमा जनाइएको छ ।

“आइएस लडाकूविरुद्धको अभियान चलिरहेकै अवस्थामा यो घटना भएको जनाइएको छ । आतङ्कवादीहरुको सञ्जाललाई हामीले लक्षित गरेका छौँ,” अफ्रिकमले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा थप लेखिएको छ, “हामीले यस्तो आक्रमणलाई निरन्तरता दिन्छौँ, लिबियाका र अन्य यस क्षेत्रका आतङ्कवादीका विरुद्धमा पनि हाम्रो अभियान जारी छ ।”
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button