तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा रोजगारी : एक हजारले मात्र परीक्षा दिन पाउने,लक्की ड्रमार्फत आवेदन छानिने

काठमाडौं । जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन्।

शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्।

आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदन छानिनेछन् । जापानले पहिलो चरणमा नर्सिङ केयर ( केयर गिभर) का लागि नेपाली कामदार लैजान लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button