२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक सिरिज : आज नेपाल र सिंगापुर भिड्दै

रेडियो नेपाल २०७६ असोज ११ गते ८:५१

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालमा आज आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो ।

इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।

 

 

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै  बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।

सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

सम्बन्धित