तपाईँ सुन्दै हुनुहुन्छः

वातावरण बिभागलाई प्रदुषण मापन यन्त्र फिर्ता लैजान पत्र

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा भएका उद्योगहरुले ब्यपाक रुपमा प्रदुषण गरेको जनगुनासो आएपनि सिमरामा रहेको वातावरण बिभागले जडान गरेको प्रदुषण मापन यन्त्रले जीतपुरसिमराकै प्रदुषण मापन गरेको छैन ।

सिमरामा जडान गरीएको यन्त्रमा धनगढी,पोखरा,सुर्खेत,नेपालगञ्ज,भक्तपुर र धनकुटामा भएको प्रदुषण मापन गरिए पनि जितपुर सिमराकै प्रदुषण भने मापन गरिर्दैन ।

जितपुरसिमरा क्षेत्रको प्रदुषणको अवस्था मापन गर्ने ब्यावस्था गर्न बिभागसंग पटक पटक आफुहरुले आग्रह गर्दा पनि बिभागले कुनै सुनवाई नगरेको समाजिक अभियान्ता तथा नेकपाका युवा नेता मनोज पौेडेलले दुखेसो गर्नुभयो ।

उहाँले बाताबरण बिभागलाई विहिवार पत्र लेखि सो यन्त्र बिभागमै फिर्ता लैजान आग्रह गरेको बताउनुभयो ।
बिभागमा प्रेशित गरीएको पत्रमा एक हप्ता भित्र सो ब्यवस्था न गरे स्थानियले नै हटाइदिने उल्लेख छ ।

बिभागका निर्देशक भुपेन्द्र शर्माले छिटै नै स्थलगत अनुगमन गरी प्रदुषण मापन गर्ने ब्यवस्था मिलाउने आश्वासन दिनुभएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाको प्रदुषण मापनको ब्यावस्था गर्न बिभागमा पहल भइरहेको नगर प्रमुख कृष्ण पौडेलले बताउनु भयो ।
बाताबरण बिभागमा उद्योगीहरुको दबाब पुगेका कारण वातावरण बिभाग जीतपुरसिमराको प्रदुषण मापन गर्न ढिलासुस्ती गरिरहेको कतिपय गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button