तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

दैलेख – कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । नारायण नगरपालिका ६ दैलेखका कर्तव्य ज्यान मुद्दामा फरार रहेका पदम प्याकुरेल प्रहरीले बिहिवार पक्राउ गरेको हो ।

२०६४ सालमा नारायण नगरपालिका १ मा रहेको केसी मेडिकलमा काम गर्ने क्रममा साबिकको कालिका गाविस १ की पुनम ढेगामगरको गर्भपतन गराउँदा २०६४ साल असार १५ गते मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए ।

प्याकुरेललाई जिल्ला अदालत दैलेखले सुनाएको ६ महिनाको कैद भुक्तान गरेर छुटेका थिए । उनलाई पुनरावेदन अदालत सुर्खेतले जन्मकैदको फैसला गरेको थियो । सोही फैसलालाई सर्वाेच्च अदालतले २०६८ साल भदौ ५ सदर गरेको थियो ।

त्यसपछि प्याकुरेल फरार अभियुक्तको सूचीमा परेका थिए । आफ्नो बसाईसराई जुम्ला गरेका प्याकुरेल लुकिछिपी दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडामा बसेको खबर पाएपछि प्रहरीको विशेष टोलीले बिहीबार साझ पाँच बजेतिर पक्राउ गरेको हो ।

पक्राउ परेका प्याकुरेललाई शुक्रबार जिल्ला अदालत दैलेखमा बुझाएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button