२०७८ साल साउन १८ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

पटिहानी–पोखरा पर्यटकीय बस सेवाको शुभारम्भ

शिशिर सिंखडा २०७६ असोज १० गते १४:२४

 चितवन –चितवनका पटिहानी – पोखरा पर्यटकीय बस सेवाको शुभारम्भ भएको छ । आज परेको विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पर्यटकीय बसको शुभारम्भ गर्नुभएको छ ।

पटिहानी पर्यटकीय क्षेत्रमा भएको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री पाण्डेले अन्तराष्ट्रिय प्रविधिलाई सँगै अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । उहाँले अझै पनि परम्परागत परिपाटीमा नै रुमल्लिएको समाजलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग परम्परागत प्रविधि नै छ भने अधि बढ्न कसरी सक्छौं ?” यातायात क्षेत्रमा पनि आधुनिक प्रविधि आवश्यक रहेको उहाँको भनाई थियो । सत्तारुढ नेकपाका प्रभावशाली नेता समेत रहनुभएका पाण्डेले पर्यटकको बसाई लम्बाउने कार्यक्रम पनि ल्याउन आयोजकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले पटिहानी क्षेत्र महानगर कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास हुदैं गएको बताउनुभयो । उपप्रमुख ठकुरीले भरतपुर वडा नम्वर २२ ले गरेका कार्यक्रमको प्रशंसा गर्नुभयो ।

यस्तै भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महत्तोले पटिहानीलाई लुम्विनीसँग पनि जोड्ने योजनामा रहनेको जानकारी दिनुभयो । अघिल्लो महानगर कार्यपालिका बैठकले धनौजीमा हेलिपोड राख्ने निर्णय गरेको बताउदैं वडाध्यक्ष महत्तोले पटिहानी पर्यटकीय गन्तव्यका रुपमा अब्बल बन्दै गएको बताउनुभयो । उहाँले वडाले गरेका विविध कार्यक्रमका बारेमा पनि बताउनुभएको थियो ।

कसरा टुर्स एण्ड ट्राभल्सले सुविधा सम्पन्न बस आजबाट पटिहानीदेखि पोखरासम्म सञ्चालन गर्नेछ । कार्यक्रममा भरतपुर महानगरपालिका निमित्त कार्यकारी अधिकृत सिर्जना थपलिया, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरका प्रवक्ता अरुण पिडित भण्डारी, नेकपा भरतपुर २२ का अध्यक्ष रामहरि सेढांई, नेपाली कांग्रेसका वडा सभापति कुमार प्रसाद थपलिया, साविक पटिहानी गाविसका पुर्व उपाध्यक्ष रामजी प्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित