तपाईँ सुन्दै हुनुहुन्छः

झापामा पटाकाजन्य विष्फोटक पदार्थ बरामद

 

झापा। झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अन्दाजी १ लाख मूल्यबराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद भएको छ ।
शुक्रबार बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याएको ४ कार्टुन विभिन्न किसिमका पटकाहरु बरामद गरेको हो ।
यसैगरी कनकाई नगरपालिका–५ सुरुङगाबाट अन्दाजी ७० हजार बराबरको २९ बण्डल पटाका बरामद भएको छ । बिहान १० बजे बिर्तामोडबाट सुरुङगातर्फ आउँदै गरेको मे १ ख १७१२ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा सोही बसमा लुकाई छिपाई ल्याउँदै गरेको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button