तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धि हासिल गर्न पर्यटन

 भैरहवा– प्रदेश नम्बर ५ को आयोजनामा पर्यटक प्रवेश गर्ने प्रवेशद्वार बेलहियामा बाजागाजासहित बिश्व पर्यटन दिवस मनाइएको छ । पर्यटन प्रबद्र्धनका लागि प्रदेश नम्बर ४ बाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालसहितको टोली बेलहियामा आएको छ ।

सो अवसरमा बोल्दै मन्त्री लम्सालले अब देशले समृद्धि हासिल गर्ने पर्यटनबाट नै भएको बताउनुभयो । उहाँले पर्यटक व्यवसायीलाई व्यवस्थित गर्न नसके समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

आज होटल खोल्ने कुरा अरबौं रकम बैँकबाट ऋण लिएर होटल सञ्चालन गर्न सकौँला, सहकारीबाट ऋण लिएर गर्न सकौँला आफ्नो पैतृक सम्पत्ति बेचेर गर्न सकौँला तर होटलमा पर्यटक ल्याउन सकेनौँ भने होटल सञ्चालन गर्न सक्दैनौँ । मन्त्री लम्सालले भन्नुभयो सरकारले अब पर्यटक ल्याउने पर्यटक आगमनमा बृद्धि गर्ने योजना बनाएका छौँ ।

लुम्बिनीसँग नजोडेसम्म हाम्रो पर्यटनको कुनै भविश्य छैन भनेर पहिलो लक्ष्य बनाएर लुम्बिनीमा आएको मन्त्री लम्सालले बताउनुभयो । गण्डकी प्रदेशले भ्रमण वर्ष सफल बनाउनका लागि नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० आयोजना गरेको छ भ्रमण वर्ष सफल बनाउन १९ दखि २२ सम्म भ्रमण वर्ष आयोजना गरेका छौँ पर्यटन मन्त्री विकास लम्सालले भन्नुभयो १९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष भनेका छौँ ।  हामीले छिमेकी मित्र राष्ट्रका पर्यटकहरुलाई कसरी नेपालमा ल्याउने भनेर लागेका छौँ । २०२१ मा पूर्वाधार निर्माण गर्ने जुलाई सम्म जहाज सञ्चालनमा आउँछ । २०२२ मा गण्डकी प्रदेशले २० लाख पर्यटक ल्याउछौँ भनेर अभियान चलाएका छौँ ।

प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्राकृतिक सम्पदाले नेपाल पूर्ण भरिपूर्ण रहेको बताउनु भयो । हाम्रा प्राकृतिक झटाहरु छन् पर्वत मालाहरु छन् नदि नाला तालहरु छन् ती स्वयं स्वर्गको रुपमा छन् । म सुपा देउराली जाँदा एक जना भारतीय पर्यटकले मेरा सन्तान थिएनन् सन्तानको कामना गरेको थिएँ माताले जुडुवा बच्चाहरु दिनु भयो उनले भनेका थिए मन्त्री गिरीले भन्नुभयो ।

कार्यक्रममा सचिव राधा वाग्ले, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, भिजिट नेपाल २०२० का सह संयोजक माधव नेपाल लगायतले पर्यटकको आगमनमा कसरि बृद्धि गर्न सकिन्छ भन्ने भनाई राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button