तपाईँ सुन्दै हुनुहुन्छः

बैंकका एटिएम सुरक्षा गर्न राष्ट्र बैंकले बनायो यस्तो योजना

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई एटिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न नेपाल राष्ट्र बैंकले कडा निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाको सिस्टम ह्याक गरी एटिएमबाट रकम निकाल्ने क्रम बढेपछि नेपाल राष्ट्र बैंकले एटिएम बुथमा अनिवार्य सुरक्षागार्ड राख्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा हुने ह्याकिङ्ग रोक्न बैंकहरुले सूचना प्रविविधिमा लगानी बढाउनुपर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले यस्तो अवस्थालाई ध्यान दिएर आकास्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएको छ ।

एटिएम बुथमा कुनै व्यक्ति वा समुहबाट शंकास्पद गतिविधि भएको शंका लाग्ने वित्तीकै सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले बैंक तषा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

बैंकिङ प्रणालीमा कुनै किसिमको साइबर आक्रमण अथवा शंकास्पद गतिविधि वा अनाधिकृत काम भएमा तथा पहुँच भएमा तत्काल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button