तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक सिरिज : नेपाल र जिम्बावे भिड्दै

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज (शुक्रबार) टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

इन्डियन एसोसियसनको मैदानमा नेपालले साँझ टेष्ट राष्ट्र जिम्बावेको सामना गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुनेछ ।

जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, युवा खेलाडीले भरिएको जिम्बावेविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

नेपाली टोली :

पारस खड्का (कप्तान)

दिपेन्द्र सिंह ऐरी (उपकप्तान)

सोमपाल कामी

करण केसी

विनोद भण्डारी

ललित नारायण राजवंशी

पवन सर्राफ

सन्दीप लामिछाने

अभिनास बोहोरा

कुशल मल्ल

आरिफ शेख

सुशन भारी

ईशान पाण्डे

सन्दीप जोरा

रोहित कुमार पौडेल

प्रतिक्रिया राख्नुहोस्

Back to top button