तपाईँ सुन्दै हुनुहुन्छः

बम बनाउने ईस्प्रिङ सहित बागलुङ्गमा प्रतिबन्धीत ने.क.पाका एक कार्यकर्ता पक्राउ

बागलुङ्ग । बम बनाउँन प्रयोग हुने ईस्प्रिङ सहित बागलुङ्गमा एक युवा प्रहरीद्धारा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बम बनाउँन प्रयोग हुने ईस्प्रिङ र हतियार सफा गर्न प्रयोग हुने पदार्र्थ सहित म्याग्दीको रघुगंगा गाउँपालिका–८ का २० वर्षीय नवराज विकलाई बिहीबार राती बागलुङ बजारबाट पक्राउ गरेको हो ।

विकको साथबाट बम बनाउँन प्रयोग हुने ईस्प्रिङ ८ थान, हतियार सफा गर्न प्रयोग हुने पदार्थ र तेलमा भिजाएको टल्ली, जनसंयोजक लेखिएको टिसर्ट एक थान र विभिन्न कागजपत्रहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्र प्रसाद भटराईले जानकारी दिनुभयो ।

भट््टराईका अनुसार विकले आफु नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित पार्टी नेकपाको समान्य कार्यकर्ता रहेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button