तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनः दलहरुलाई निर्वाचन चिन्ह प्रदान

अच्युत अर्याल । निर्वाचन आयोगले आगामी मंसीर १४ गतेहुने उपनिर्वाचनका लागि राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्न निवेदन दिएका २१ राजनीतिक दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रिक्त वडा अध्यक्ष पदमा समेत मंसिर १४ गते उपनिर्वाचन हुने र त्यसका लागि यही असोज ७ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको सहायक प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button