तपाईँ सुन्दै हुनुहुन्छः

फान्सका पूर्व राष्ट्रपति चिराकको निधन   

पेरिस –  फ्रान्सका पूर्व राष्ट्रपति ज्याक चिराकको बिहीबार निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ ८६ बर्षको हुनुहुन्थ्यो ।
चिराक फ्रान्सको राजनीतिमा करिब तीन दशक निकै चर्चामा रहनुभएको थियो । पेरिसको नगर प्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उहाँले गरेका कामले उहाँलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन् ।

“राष्ट्रपति ज्याक चिराकको बिहान परिवारको काखमा स्वभाविक निधन भएको छ,” भूतपूर्व राष्ट्रपति चिराकका ज्वाँइ फ्रेडेरिक सलात बरोक्सले एएफपीलाई बताउनुभयो ।

चिराकको समयमा फ्रान्सको पहलमा यूरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो । उहाँले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो ।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका चिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल हुनुभएको थियो भने सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएका थियो ।

उहाँको निधनपछि फ्रान्सका राष्ट्रपति रिचार्डले चिराकलाई फ्रान्सको इतिहासका रूपमा स्मरण गर्नुभयो ।

रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button