तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन दिवसको अवसरमा ‘वर्ल्ड टुरिजम डे गल्फ’ हुने

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार एक दिने ‘वल्ड टुरिजम डे गल्फ’ प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल गल्फ संघले पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको जानकारी गरायो ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलको स्टेबल ३–४ हेन्डीक्यापमा हुनेछ । प्रतियोगितामा विदेशी र नेपाली गरी करिब ८० गल्फरको सहभगिता रहने गोकर्ण गल्फ रिसोर्टका निर्देशक दीपक आचार्यले जानकारी गराउनुभयो ।

प्रतियोगितामा थाइल्याण्ड, मलेसिया, कोरिया र इन्डोनेसियाका खेलाडीले समेत सहभागिता जनाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button