तपाईँ सुन्दै हुनुहुन्छः

अबिरल बर्षाको कारण वीरगंज डुबानमा, जनजिवन प्रभावित, ठोरीमा यातायात अवरुद्ध

वीरगंज – आज विहानैबाट परेको अबिरल बर्षाको कारण वीरगंज नगर क्षेत्र तथा बारा पर्साको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ ।

वीरगंजको आदर्शनगर, जेलरोड, गणेशमान चोक, रानीघाट, पानीटंकी, भषुवा, लक्ष्मणवा, छपकैया, मुर्लि, श्रीपुर,राधेमाई,बसपार्क लगायतका क्षेत्रमा पानी जमेको कारण सडक तथा आसपासका झण्डै ७ सय भन्दा बढी घरहरुमा पानी पसेको छ । घरमा वर्षाको संगै नालाको फोहोर पानी पसेपछि जनजीवन प्रभावित भएको हो ।

वीरगंजको आदर्शनगर,मिनाबजार,माईस्थान जिल्ला प्रसासन कार्यालय अगाडी झण्डै ३ फिट पानी जमेको कारण आसपासका पसलमा राखिएका सामानहरु डुबेर लाखौको क्षति भएको ब्यवसायी ब्रिजेश टेमानीले बताउनुभयो ।

बीरगंज उपमहानगरपालीकाले एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरेको नालाबाट फोहोर पानीको निकास हुन नसक्दा वीरगन्ज डुबानको समस्या अझै समाधान हुन सकेको छैन । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वर्षेनी सामान्य वर्षामा समेतडुबानको समस्या झेल्दै आएको छ ।

त्यसैगरी अबिरल वर्षाको कारण ठोरी स्थित ठुटे, सरस्वती, ढेडु खोलामा बाढी आंउदा ठोरीबाट सदरमुकाम वीरगन्ज आउने तथा चितवनको माडी हुदै नारायघाट जाने सार्वजनिक यातायात विहानैबाट अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button