तपाईँ सुन्दै हुनुहुन्छः

पारसको वरियता यथावत, दुई खेलाडीको घट्यो

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् ।

आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका हुन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा यथावत रहेका छन् । कप्तान पारसले ९० रेटिङ अंक पाएका छन् । कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।

 

यस्तै ब्याटिङतर्फ कप्तान पारस ६६ औं स्थानमा रहेका छन् । ४१७ रेटिङ अंक पाएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी, मनिस पाण्डे, सुरेश रैना र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।

बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ३९१ रेटिङ अंक पाएका सोमपाल एक स्थान झर्दै रहदै ७८ औं स्थानमा झरेका छन् ।

यस्तै ४११ रेटिङ अंक पाएका बसन्त एक स्थान तल झर्दै ७३ औं स्थानमा रहेका छन् ।

आईसीसीको टिमको टी-ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ । एकदिवसीयमा एक स्थान तल झर्दै नेपाल १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button