तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार पार्न युवाहरूको भूमिका महत्त्वपूर्ण : मन्त्री मगर

कञ्चनपुर – खानेपानी मन्त्री बिना मगरले नेपालीहरू गरिबीको रेखाभन्दा माथि उठेपछि मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा हुने बताउनु भएको छ ।
कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री बिना मगरले निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै तीनै तहका सरकार अहिले विकासको क्रममा रहेको दाबी गर्नु भएको छ ।
संविधान निर्माणपछि संघीयतालाई पूर्णरूपमा कार्यान्वयन र संस्थागत गर्ने अवस्थामा सरकार केन्द्रित रहेको बताउँदै मन्त्री बिना मगरले भन्नुभयो, “समृद्ध नेपाल त्यो बेला मात्र सम्भव हुनेछ, जब सम्पूर्ण नेपाली गरिबीको रेखाभन्दा माथि उठ्न सक्छन् र हाम्रो गाउँठाँउ पूर्ण रुपमा विकास भएको ठहरिन्छ; सुखी नेपाली त्यति बेला मात्र सम्भव हुनेछ, जब स्वास्थ्य, शिक्षा, गास, बाँस र कपास सहज रूपमा उपलब्ध हुन सक्छन् ।”
मन्त्री बिना मगरले  ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार पार्न युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । युवाहरूले सकारात्मक सोचका साथ विकास निर्माणका कार्यमा हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले स्वरोजगारका विभिन्न कार्यक्रम  ल्याउन लागेकोले अब युवाहरूले खाडी मुलुकमा दु:ख पाउनु नपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्र भित्रका चार वटै स्थानीय तहको विकासका लागि केन्द्रमा आफु निरन्तर लागि रहेको र थुप्रै योजना कार्यान्वयनको क्रममा रहेको दाबी गर्नुभएको छ । आफ्नो मन्त्रालय संग सम्बन्धित योजनाका लागि निर्वाचन क्षेत्रबाट गएका प्रायः सबै डेलिगेशन टोलीलाई अन्य मन्त्रालयसम्म आफू स्वयं सहभागी भएर सहजीकरण गर्दै आएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button