तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिनामा नौ करोड बढी राजश्व संकलन

कञ्चनपुर-  कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/०७७ को श्रावण र भाद्र महिनामा ९ करोड ४७ लाख, ५० हजार, १५५ रुपैया आन्तरिक राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष  २०७५/०७६ को सुरूका २ महिनाको तुलनामा भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षका दुई महिनामा ८ करोड १४ लाख, ८६ हजार ४८७ रुपैयाँ बढी आन्तरिक राजश्व संकलन गरेको भीमदत्त नगरपालिकाका उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक सुशीला चन्द सिंहले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष देखि एकीकृत सम्पत्ति करमध्ये भूमी सम्बन्धी बुझाउनु पर्ने मालपोत कर सहितका विभिन्न करको दायरा फराकिलो बनाएका कारण भीमदत्त नगरपालिकाले दुई महिनामै गतवर्ष भन्दा ६ गुणा बढी आन्तरिक राजश्व संकलन गर्न सफल भएको उहाँले बताउनु भएको छ । असोज महिना सम्म विभिन्न करमा केही छुटको व्यवस्था हुनु र एकीकृत सम्पत्ति कर तथा व्यवसाय नवीकरणको काम समेत यो अवधिमा बढी हुने भएकोले पनि संकलित राजश्व अपेक्षा गरेभन्दा राम्रो रहेको उहाँले बताउनु भयो ।

वार्षिक २० करोड जति आन्तरिक राजश्व संकलनको लक्ष्य लिएको भीमदत्त नगरपालिकाले कर वृद्धि नगरी करको दायरा मात्रै बढाएको नगर उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक सुशीला चन्द सिंहको भनाइ छ  । भीमदत्त नगरपालिकाले कर तिर्नका लागि नागरिकहरूलाई जनचेतनामूलक कार्यक्रम मार्फत अभिमुखीकरण समेत गरिरहेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button