तपाईँ सुन्दै हुनुहुन्छः

धानले फल नदिएपछि कृषि ज्ञान केन्द्रद्वारा अवलोकन

फाइल तस्बिर

घोराही– देउखुरीका किसानहरुले विभिन्न स्थानमा रोपेको गरिमा धान नपसाएपछि कृषि ज्ञान केन्द्र दाङले अनुगमन गरेको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतको नेतृत्वमा आज देउखुरीमा पुगेर धान खेतीको अवलोकन गर्नुभएको हो ।

देउखुरी क्षेत्रका लमही, राप्ती तथा अन्य स्थानमा लगाएको गरिमा धान पसाएको छैन । दाङलगायत बाँके, चितवन तथा अन्य पुर्बी जिल्लामा गरिमा धान नपसाएको किसानले जनाएका छन् ।

बस्नेतसंगै कृषि ज्ञान केन्द्रका बागबाणी बिकास अधिकृत बालकृष्ण शाह, कृषि प्रशार अधिकृत जन्दबहादुर चौधरी र लमही नगरपालिका कृषि शाखा प्रमुख ज्योतिप्रसाद श्रेष्ठले धान खेतीको अवलोकन गर्नुभएको हो ।

बिगतका बर्षमा पनि गरिमा धान खेती गरेका किसानले यस पटक धान नपसाएको जनाएका छन् । लमहीका छबिलाल कोपिलाले यसबर्ष गरिमा धान नपसाएको जानकारी दिनुभयो । स्थानीय कृषकहरुले लमहीमा रहेको सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर मार्फत् बिउ खरिद गरेर धान खेती गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button