तपाईँ सुन्दै हुनुहुन्छः

पानीको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु

जाजरकोट-जाजरकोटको भेरी नगरपालिकाको निर्माणाधीन भवनको सेफ्टी ट्याङीको खाल्डोमा जम्मा भएको पानीमा डुबेर एक मजदुरको मृत्यु भएको छ । भेरी नगरपालिका १ मैदेका ४५ वर्षीय लोकबहादुर रानाको खाल्डोमा डुबेर मृत्यु भएको जाजरकोट प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताउनु भयो ।

भवनको निर्माण कार्यमा प्रयोग गर्नका लागि ७ फिट गहिरो खाल्डोमा पानी जम्मा गरिएको थियो । मृतक राना ५र ६ वर्षदेखि सदरमुकाम खलंगाको थाप्लेचौरमा ज्याला मजदुरी गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button