तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी जग्गा किर्ते गर्ने ६ जना पक्राउ

काठमाडौं । सरकारी जग्गा किर्ते गरी कम्पनीको नाममा प्रमाण पुर्जा बनाएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं चन्द्रागिरी नगरपालिका २ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजात बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ६ जनालाई लिखत सम्बन्धि कसुर तथा संगठित अपराध मुद्दामा आवश्यक कारवाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button