२०७८ साल साउन २० गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाघको छालासहित चितवनबाट तिनजना पक्राउ

शिशिर सिंखडा, २०७६ असोज ८ गते १६:४२


चितवन
– बाघको छाला सहित चितवनबाट तिनजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका पुलचोक नजिकबाट चितवन प्रहरीले ३ थान बाघको छालासहित तिनजनालाई पक्राउ गरेको हो ।

बाघको छालासहित प्रहरीले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ४३ को दिपक भनिने चिरञ्जीवी सेन ठकुरी,पाल्पा जिल्ला निस्डी गाउँपालिका वडा नम्बर २ सहलकोट बस्ने बर्ष ३३ को चुम बहादुर राना र वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २६ को हिम साङ्वो भट्टचनलाई पक्राउ गरेको हाम्रा चितवन समाचारदाता शिशिर सिंखडाले जनाएका छन ।

बाघको छाला बिक्री वितरणको लागि चितवनमा ल्याइएको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोली ग्राहक बनेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बाघको दातसहितको छाला ३ थान र ना २४ प २५०९ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरुले वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङ शेराबाङबाट बेखविखनको लागि बाघको छाला चितवन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला डिभिजन बन कार्यालय चितवनमा प्रवक्ता कोइरालाले बताए ।

सम्बन्धित