तपाईँ सुन्दै हुनुहुन्छः

ऋण तिर्न नसकेपछि बाराका दर्जनौ परिवार बिस्थापित, घरमा बित्तिय संस्थाको ताला

बीरगंज – बारामा लघुवित्तिय संस्थाहरुले समुह बनाएर उपलब्ध गराएको ऋण तिर्न नसकेपछि वारा गंजभवानीपुरका एक दर्जन भन्दा बढी दलित समुदायका व्यक्तिहरु घर छोडेर विस्थापित भएका छन ।

गरिब, असहाय, परिवारका व्यक्तिहरुले सहकारी तथा विभिन्न लघुवित्तिय संस्थाबाट घरको खर्च धान्न अप्ठयारो भएपछि लिएको ऋण तिर्न नसक्दा घर छोडेर विस्थापित भएको गंजभवानीपुरकी राधिका देवी चमैनले बताउनुभयो ।

महागढीमाई नगरपालिका भित्र मेरो माईक्रो फाईनान्स बित्तिय संस्था, स्वदेशी लघुबित्त वित्तिय संस्था लि., फोरवार्ड समाज लघुबित्तिय संस्था, सिभिल लघुबित्त वित्तिय संस्था, र्निधन उत्थान लघुबित्त वित्तिय संस्था, एनएमबी लघुबित्त वित्तिय संस्था लि., छिमेकी लघुबित्त वित्तिय संस्था लि., ग्लोबल लघुबित्त वित्तिय संस्था लि., स्वाबलम्बन लघुबित्त वित्तिय संस्था लि., डिप्रोस लघुबित्त बित्तिय संस्था लि., नेपाल ग्रामिण विकास बैंक लि. लगायतको दर्जनबढी लघुवित्तिय संस्थाहरुले महिलाहरुको समुहमा साना व्यवसाय गर्नका लागि लाखौं रुपियाँसम्म लगानी गरी कारोवार गर्दै आएका छन् ।

यसरी लिएको ऋण समूहका महिलाहरुले घर चलाउने नाममा बाडफाड गरी लिने र व्याज नतिर्ने तथा वित्तिय संस्थाले ताकेता गरेपछि यसरी घर छोडेर भाग्ने क्रम बढेको छ । घर छाडेर भाग्नेहरु मध्ये अधिकांशले ३ देखी १२ लाख रुपियाँसम्म लघुवित्तिय संस्थाबाट कर्जा लिएको बताईएको छ । यता अहिले बारामा सहकारी तथा लघुवित्तिय संस्था मार्फत चर्को व्याज दरमा पैसा लगानी गर्ने र ऋण असुली गर्ने क्रम बढेपछि धेरैको उठि वास भएको गंजभवानीपुरका स्थानिय पत्रकार शिवशंकर मिश्रले दावी गर्नुभयो ।

ऋण तिर्न लघुवित संस्थाले दबाब दिएपछि बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्जभवानीपुरकी अनिता देवी चमैन, शान्तिदेवी चमैन, सन्केसिया चमैन, चान्दादेवी चमैन, जनारस खातुन, सहालम देवान, हसिब देवान, देवराज राम चमारको परिवार घर छोडेर विस्थापित भएको स्थानीय राधिका देवी चमैनले बताउनुभयो ।

बिस्थापित अनिता देवी चमैन महागढीमाई नगरपालिकाको वडा नम्बर १० को निर्वाचित वडा सदस्य समेत रहेकी छन् । शान्तिको घरमा तिन वटा बैंकले ताला लगाईएको छ भने सन्केसिया चमैन, देवराज चमारको घरमा एक÷एक वटा बैंकले ताला लगाएको छ ।

यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रह्मपुरी दलित टोलका सन्तु महरा चमार, सोही वडाका राजु यादव साहु महाजनको कर्जा र्तिन नसकेपछि घर छोडेर बिस्थापित भएका छन् ।

ग्रामिण क्षेत्रमा साहु, महाजनबाट लिएको ऋणमा मिटर, चकरी, टेक्सी ब्याजले गर्दा स्थानीयहरु पिडित बनेको बताईएको छ ।

बिशेषगरी विपन्न वर्गका व्यक्तिहरुलाई लक्षित गर्दै उनिहरुलाई रोजगार र आय आर्जनका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका लघुवित्तिय संस्थाहरुले समूहको सिफारिसमा अन्धाधुन्ध लगानी गर्ने र मोटो रकम व्याजबापत लिने बिकृति भित्रिएपछि समस्या उत्पन्न भएको स्थानिय पत्रकार शिवशंकर मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button